सहारा दैनिक

spot_img
Homeदेशसीमावर्ती जिल्लाका प्रमुखद्वारा सहकार्य गर्ने प्रतिबद्धता

सीमावर्ती जिल्लाका प्रमुखद्वारा सहकार्य गर्ने प्रतिबद्धता

पर्सा, १९ जेठः नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठकका सहभागीले दुवै मुुलकबीच अन्तरदेशीय अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज यहाँ बसेको पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख र छिमेकी सीमावर्ती जिल्ला भारतको पूर्वी र पश्चिम चम्पारण जिल्लाका ‘डिष्ट्रिक म्याजिष्टेड’ र सुरक्षा निकायका प्रमुखबीच बसेको सिमाना जिल्ला समन्वय समितिको बैठकले दुवै मुलुकबीच अन्तरदेशीय अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न एक आपसमा सूचना आदानप्रदान गर्ने प्रतिवद्धता जनाए ।
पर्साका प्रजिअ गणेश अर्यालले सीमावर्ती जिल्लाका प्रमुख तथा सुरक्षा निकायबीच सीमा क्षेत्रमा हुन सक्ने अन्तरदेशीय अपराध र अन्य गतिविधि न्यूनीकरणका लागि नियमित बैठक बस्दै आएको जानकारी दिनुभयो । “दुवै मुलुकका जिल्लास्तरमा भएका साझा मामिलाको विषयमा सौहार्दपूर्ण छलफल गरेका छौँ । यसले आगामी दिनमा सीमा क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम  गर्न थप सरलता ल्याउने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो, “सीमावर्ती भारतको विहारमा हुन लागिरहेको आसन्न निर्वाचनको शान्ति सुरक्षाको विषयमा भारतीय पक्षले आफ्नो अपेक्षा राख्नुभएको छ । सो विषयमा तर्फ हाम्रो तर्फबाट आवश्यक प्रतिवद्धता व्यक्त गरेका छौँ ।”
प्रजिअ अर्यालले कोभिडको सम्भावित जोखिम र दुवै मुलुकबीच अपनाउनुपर्ने सतर्कताको विषयमा छलफल भएको जानकारी दिनुभयो । “नक्कली मुद्राको अपचलनको विषयमा पनि दुवै पक्षबीच सूचना आदानप्रदान गर्ने छलफल भयो,” उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणका विषयमा छलफल गरेका छौँ । यसले आगामी दिनमा त्यस्ता गतिविधि न्युनीकरणमा सहयोग पुग्नेछ ।”
बाराका प्रजिअ वसन्त अधिकारीले भारततर्फको पूर्वी र पश्चिम चम्पारण जिल्लाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताउनुभयो । “कार्यक्रममा भन्सार, वनलगायतका दुवैमुलुकका प्रतिनिधिबीच सीमा क्षेत्रमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्न र विपद्जन्य गतिविधिमा दुवैपक्षबीच मानवतावादी कार्यमार्फत मानवीय जनधन जोगाउने विषयमा पनि छलफल ग-यौँ,” उहाँले भन्नुभयो, “लागुऔषधको दुव्र्यसनी र ओसारप्रसार रोक्न सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भयो ।”
सो बैठकमा सिर्सिया नदी प्रदुषण, अवैध व्यापार नियन्त्रण, मानव बेचविखन, विपद्मा उद्धार र सहयोग, नक्कली मुद्राको अपचलनलगायतका विषयमा छलफल भएको थियो । पूर्वीचम्पारण जिल्लाका डिष्ट्रिक मेजिष्टेड सौरभ जौरवल, पश्चिम चम्पारणका डेपुटी डेभलपमेन्ट कमिसनर सुमित कुमार र भारतीय अर्धसैनिक बल एसएसबी, पूर्वी र पश्चिम चम्पारण जिल्लाका प्रहरी प्रमुखको उपस्थिति थियो ।रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -