सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ जेठ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको पांचौ बैठक सोमवार सम्पन्न भएको छ ।
संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले संगठनलाई थप सशक्त बनाउने तथा पत्रकारहरूको हक, अधिकार र सुरक्षाका सवालमा अडिग रहने निर्णय गरेको छ ।
बैठकमा संगठन विस्तार, सशक्तिकरण र पत्रकारिता क्षेत्रका समसामयिक चुनौतीहरूका विषयमा गम्भीर छलफल गरिएको थियो । बैठकमा सहभागीहरूले एकताबद्ध भएर निष्पक्ष, उत्तरदायी र समावेशी पत्रकारिता अघि बढाउने संकल्प पनि गरेका छन् ।
बैठकले जिल्लामा सृजना गरिएको अनावश्यक विवाद समाधान गरेकोमा केन्द्रिय समितिका पदाधिकारीहरूलाई धन्यावाद ज्ञापन गरेको छ । प्रत्येक महिना संगठनका सदस्यहरूले रू एक सय जम्मा गर्ने गरि बचत कोषको स्थाना गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा संगठनको मधेश प्रदेशको इन्चार्जका जिम्मेवारीका केन्द्रिय सचिव बृजलाल पासवान, पार्टीबाट प्रचार प्रसार विभागको जिम्मेवारी पाएका संगठनका केन्द्रिय सदस्य रेबिन्द्र कार्कीलाई समेत सम्मान गरिएको संगठन पर्साका सचिव विनोद पटेलले जानकारी दिए ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, समाजवादी प्रेस संगठन नेपालका सचिव एवं मधेश प्रदेशका इन्चार्ज बृजलाल पासवान, केन्द्रिय सदस्यद्वय रेविन्द्र कार्की मनोज पटेल, सल्लाहकार संजय साह लगायतको विशेष उपस्थिति रहेको थियो । बैठकको संचालन संगठन पर्साका सह सचिव श्याम सर्राफले गरेका थिए ।
समाजवादी प्रेस संगठनको पाँचौं बैठक
Facebook Comments Box