सहारा दैनिक

spot_img
Homeदेशसमाजवादी प्रेस संगठन मधेस प्रदेश इन्चार्जमा पासवान

समाजवादी प्रेस संगठन मधेस प्रदेश इन्चार्जमा पासवान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ जेठ । समाजवादी प्रेस संगठन नेपालले संगठनका सचिव बृजलाल पासवानलाई मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ ।

संगठनको केन्द्रीय कार्यालयको बैठकले सचिव पासवानलाई मधेश प्रदेशको इन्चार्ज मनोनयन गरेको समाजवादी प्रेस संगठन नेपालका महासचिव रोहित दहालले जानकारी दिए ।

राष्ट्रिय सहारा दैनिकका सम्पादक समेत रहेका पासवानलाई संगठनको मधेस प्रदेशमा पत्रकारिता क्षेत्रको विकास र संगठनको विस्तारमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ । मनोनयन पत्रमा उल्लेख भएअनुसार, संगठनको नीति, सिद्धान्त र उद्देश्य अनुरूप संगठनको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आग्रह गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -