सहारा दैनिक

spot_img
Homeसमाचारगणतन्त्र दिवसको अवसरमा शिवम लेयर्सद्वारा वृक्षरोपण

गणतन्त्र दिवसको अवसरमा शिवम लेयर्सद्वारा वृक्षरोपण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ जेठ ।
पर्सा जिल्लाको पटेर्वा सुगौली वडा नं. २ स्थित शिवम लेयर्स फर्म प्रा.लि.ले गणतन्त्र दिवसको अवसरमा करिब एक हजार ३० वटा बिभिन्न प्रजातिका बिरूवाहरू रोपेका छ ।
शिवम लेयर्स फर्मका संचालक शिवजी प्रसाद साहले ६०० वटा मोहगनी, ४ सय वटा मलेसियन साल, र ३० वटा चन्दनका बिरूवा रोपिएको बताएका छन् । यी बिरूवाहरू दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण हुने उनले बताए ।
बृक्षारोपण कार्यक्रममा फर्मका व्यवस्थापक जगतनारायण प्रसाद गुप्ता, कर्मचारी तथा कामदारहरूले एकजुट भई सक्रिय सहभागीता जनाएका थिए । सामूहिक प्रयासबाट सम्पन्न यो अभियानलाई फर्मले “हरियाली र समृद्धिको लागि सन्देशका रूपमा अघि बढाएको उनले बताए ।
संचालक साहले शुद्ध हावा, स्वस्थ जीवन र हरित वातावरणको रक्षाका लागि बृक्षारोपण जस्तो क्रियाकलाप आवश्यक रहेको बताए । शिवम लेयर्स फर्मको यो पहललाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेर्दै यसले अन्य व्यवसायिक संस्थाहरूलाई पनि वातावरणीय उत्तरदायित्वप्रति प्रेरणा दिने बताइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -