सहारा दैनिक

spot_img
Homeदेशराजसंस्था पुनरस्थापनाको आन्दोलनमा लाखौंले सहभागिता जनाए

राजसंस्था पुनरस्थापनाको आन्दोलनमा लाखौंले सहभागिता जनाए

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ जेठ ।
राजसंस्थासहित हिन्दु अधिराज्य पुनरस्थापनाको लागि शुरु भएको आन्दोलनमा पहिलो दिन बिहीवार लाखौं जनताले सहभागिता जनाएका छन् ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिको आव्हानमा जेठ १५ गतेदेखि शुरु भएको अनिश्चितकालीन आन्दोलनमा लाखौंको सहभागिता रहेको बताइएको छ ।
काठमाडौंका विभिन्न स्थानबाट बाजा गाजा र झाँकीसहित राजतन्त्र जिन्दावाद लगायत गणतन्त्रविरोधी नारासहित निकालिएको जुलुस रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । एकातिर गणतन्त्र दिवसको अवसरमा सरकार र एमालेले आयोजना गरेको विभिन्न कार्यक्रम, अर्कोतर्फ राजसंस्था पुनरस्थापनाको मागसहितको आन्दोलनका कारण कुनै किसिमको अप्रिय घटना हुन नदिन सुरक्षा निकायले काठमाडौं उपत्यकामा व्यापक सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो ।


प्रधानमन्त्री केपी ओली शर्माको पछिल्लो अभिव्यक्तिका कारण विभिन्न शंका, उपशंका गरिए पनि बिहीवार राजावादीको आन्दोलन शान्तिपूर्ण रुपमा सफल भएको संयुक्त जन आन्दोलन परिचालन समितिका तराई मधेस संयोजक डा. राजीव झाले बताउनुभयो ।
राजावादी आन्दोलनका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो । संयोजक सुवेदीको नेतृत्वमा राप्रपा अध्यक्ष्F राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नयाँ शक्तिका केशर बहादुर विष्ट लगायतको संयुक्त नेतृत्वमा सञ्चालित आन्दोलनलाई निरन्तरता दिइने सभामार्फत घोषणा समेत गरिएको छ ।
राजसंस्था पुनरस्थापनाको लागि जारी आन्दोलनले निष्कर्षमा नपुगेसम्म बिराम नलिने राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले बताउनुभयो ।
सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुक्ति तथा सर्वाङ्गिण विकासका लागि सबै दलहरुले नवीनतम सम्झौताको आवश्यकता औल्याउनुभयो ।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलका सत्तास्वार्थका कारण देशको राष्ट्रियता कमजोर बन्न पुगेको बताउनुभयो । उहाँले राष्ट्रवादी शक्ति स्थापित गर्न समान विचारधारा भएका दल तथा समूहहरुको सहकार्यमा शुरु भएको आन्दोलनले राजसंस्थासहित हिन्दु अधिराज्य स्थापनापश्चात मात्र बिराम लिने बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -