सहारा दैनिक

spot_img
Homeसमाचारकुरिलो टिप्दै गर्दा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

कुरिलो टिप्दै गर्दा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

वीरगंज, १३ जेठ । जंगली हात्तीको आक्रमणबाट एकजना व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जेठ ९ गते राति १९ः१५ बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं. १ रामभौरी नजिकै रहेको शीतलपुर जंगलमा हात्तीको आक्रमणबाट एकजना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ६१ को श्याम बहादुर भुलन, वर्ष ६० को भक्त बहादुर आले र वर्ष ५१ को श्रवण भुलन तीनै जनाले कुरीलो (जडिबुटी) खन्न गएकोमा अचानक जंगली हात्ती आइ श्याम बहादुर भुलन माथि आक्रमण गर्दा उनको मृत्यु भएको र निजका साथी भक्त बहादुर आले र श्रवण भुलन सकुशल ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्सामा जेठ १२ गते जानकारी प्राप्त भए पश्चात उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरीले घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य गरी लास पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -