सहारा दैनिक

spot_img
Homeखेलकूदभ्रष्टाचार लुकाउन मृतक कर्मचारी उपर बेरुजु थोपारेको आरोप 

भ्रष्टाचार लुकाउन मृतक कर्मचारी उपर बेरुजु थोपारेको आरोप 

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ वैशाख ।
राष्ट्रिय खेलकूद परिषदका पदाधिकारीहरुले गरेको भ्रष्टाचार एक मृतक कर्मचारी उपर थोपारेको समाचार बुझिन आएको छ ।
रा.खे.प. अन्तर्गत मध्यमाञ्चल खेलकूद विकास समिति वीरगंजका तत्कालीन लेखा अधिकृत स्व. बालेश्वर ठाकुर उपर मृत्यु उपरान्त बेरुजु देखाएपछि पदाधिकारीहरुको भ्रष्टाचार उदाङ्गिएको स्व. ठाकुरका छोरा पवन ठाकुरले आरोप लगाएका छन् ।
पवन ठाकुरले राखेपले बेरुजुको आरोप लगाएर हाम्रो परिवारले मानसिक तनाव र सामाजिक अपमान भोग्नु परिरहेको बताएका छन् । राखेपले स्व. ठाकुरको नाममा रु. ४ करोड चानचुन निकासा र फछ्र्यौट पश्चात २८ लाख चानचुन अझै पनि बेरुजु देखाएको छ ।
जबकि स्व. ठाकुर कार्यरत रहँदा उनको नाममा कुनै शीर्षकमा त्यति ठूलो रकम नआएको छोरा पवन ठाकुरले विभिन्न कागजातलाई आधार बनाएर दावी गरेका छन् ।
स्व. बालेश्वर ठाकुर राष्ट्रिय खेलकूद परिषदमा लामो समयसम्म कार्यरत रही उमेर हदका कारण अवकाश प्राप्त गरेका थिए । तर, उनले पाउनुपर्ने सेवा–सुविधा हालसम्म प्राप्त नगरेको उनका छोरा पवन ठाकुरले बताएका छन् ।
पवन ठाकुरका अनुसार महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा बाबु बालेश्वर ठाकुरको नाममा रू. ४ करोडको बेरूजु देखाइएको छ। यो आरोप पूर्णतः गलत र भ्रामक भएको पवनको दाबी छ ।
उनले बुबाको देहावसान भएको लामो समय बितिसकेको छ  र कुनै पनि सरकारी कोषको दुरूपयोग भएको सम्भावना नरहेको दावी गरेका छन् ।
पवन ठाकुरले परिषद्का कर्मचारीहरूले सात वर्षसम्म कुनै कारबाही नगरी अहिले आएर मानसिक तनाव दिइरहेको आरोप लगाएका छन् ।
एक उच्चस्तरीय समितिको प्रतिवेदनमा समेत बेरूजुको विषयमा कुनै कारबाही नगर्ने निर्णय भएको उल्लेख छ तर कर्मचारीहरूले यो निर्णय कार्यान्वयन गर्न अस्वीकार गरेको पनि पवनले आरोप लगाएको छ ।
पवन ठाकुरले आफ्ना बुबा स्व. बालेश्वर ठाकुरको नाममा लगाइएको गलत बेरूजु तत्काल सच्याउन माग गर्दै यसका जिम्मेवार कर्मचारीमाथि छानबिन गरी कानुनी कारबाहीको माग समेत गरेको छ ।
पवन ठाकुरले निवेदन मार्फत बुबामाथि लागेको आरोप सम्बन्धमा  न्यायोचित कारबाही नभए   न्यायको लागि थप कदम चाल्ने बताएका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -