सहारा दैनिक

spot_img
Homeसमाचारसामुदायिक स्कूलमा विव्यस गठन गर्न महानगरको निर्देशन

सामुदायिक स्कूलमा विव्यस गठन गर्न महानगरको निर्देशन

वीरगंज, २७ वैशाख/ वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई यथाशिघ्र विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बैशाख २४ मा सूचना जारी गर्दै महानगरपालिकाको ३२ वटै वडामा रहेका ९० भन्दा बढी सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको हो । महानगरमा सञ्चालित कतिपय सामुदायिक विद्यालयहरूमा विद्यालय व्यवस्थापन समितिको पदावधि सकिएकोले शिक्षा ऐन बमोजिम विद्यालय व्यवस्थापन गठन सम्बन्धी प्रकृया यथाशिघ्र अगाडि बढाउन शैक्षिक प्रशासन महाशाखाले निर्देशन दिएको छ । अन्यथा विद्यालय व्यवस्थापन समिति नभएका कारणबाट विद्यालयको निकासा हुने रकमा वा विद्यालयको काम कारबाही प्रभावितत भएमा त्यसको जिम्मेवार सम्बन्धित विद्यालय नै हुने महानगरपालिकाले जानकारी गराएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -