सहारा दैनिक

spot_img
Homeसमाचाररेडक्रस दिवसको अवसरमा चन्द्रनगर गापामा रक्तदान कार्यक्रम

रेडक्रस दिवसको अवसरमा चन्द्रनगर गापामा रक्तदान कार्यक्रम

सर्लाही, २५ वैशाख । विश्व रेडक्रस दिवसको उपलक्ष्यमा चन्द्रनगर गाउँपालिकामा आयोजित रक्तदान कार्यक्रममा ११ महिला र ४९ जना पुरूषले रक्तदान गरेका छन् । नेपाल शिक्षक महासंघको सहकार्य र नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखा तथा चन्द्रनगर गापाको आयोजनामा गरिएको खुल्ला रक्तदान कार्यक्रममा राजकुमार महतोले रक्तदान गरी कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा रक्तदान गरेर सहयोग गर्ने पाँच जना पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको आयोजकले जनाएको छ। यसैगरी नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाको चन्द्रनगर गाउँँपालिका अध्यक्ष राजकुमार महतोले उदघाटन समेत गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष महतोले ग्रामीण भेगमा ६० जनाले रक्तदान गर्नु भनेको ठुलो उपलब्धि भएको बताउनुभयो । उहाले चन्द्रनगरमा करिब ६ सय रेडक्रसका सदस्य छन ती सबैलाई यस्तो महान कार्यमा सहभागी गराउन सुझाव समेत दिनुभयो । नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाको सभापति सरोज सिंह, नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाका अधिकृत रामकिशोर पंडित, उपसभापति शेख शाहदुल्हा, जनप्रतिनिधि लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -