सहारा दैनिक

spot_img
Homeसमाचारउपकारद्वारा विद्यालयमा पंखा वितरण

उपकारद्वारा विद्यालयमा पंखा वितरण

वीरगंज, २४ वैशाख । उपकार सेवा नेपालको सहयोगमा वीरगंज महानगरपालिका. वार्ड नं ३२ टेढा स्थित मन मिश्रा आधारभूत विद्यालयमा आठ वटा पंखा वितरण गरिएको छ ।
कक्षा शिशु देखि कक्षा ८ सम्म अध्यननरत ६९६ जना बालबालिकाहरू अध्ययन हुने सो विद्यालयमा पंखा नभएपछि गर्मीलाई मध्यनजर गरी आठ थान सिलिङ्ग पंखा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले विद्यालयको प्रधानाध्यापक राजाराम साहलाई हस्तान्तरण गरिन् ।
कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, पदमा देबी सरावगी, सदस्य अङ्कुर शर्मा, शिक्षक कृष्णमुरारी प्रसाद कलवारलगायत शिक्षक शिक्षिका, स्थानीय भद्रभलादमी तथा बालबालिकाहरूको उपस्थिति थियोे ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -