सहारा दैनिक

spot_img
Homeसमाचारवैदेशिक रोजगारीको लागि ‘सुरक्षित आप्रवासन’ सम्बन्धी अन्तरक्रिया

वैदेशिक रोजगारीको लागि ‘सुरक्षित आप्रवासन’ सम्बन्धी अन्तरक्रिया

राधेश्याम साह, गौर, १९ वैशाख । सुरक्षित वैदेशिक रोजगारीमा जान श्रमिकहरूको अधिकार संरक्षण र सुरक्षित आप्रवासन प्रवद्र्धन गर्न ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम’ अन्तर्गत अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ शाखा कार्यालय गौरले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले वैदेशिक रोजगारमा जाने क्रममा देखिएका प्रमुख चुनौतीहरू, सुरक्षित आप्रवासनका उपाय, सीपमूलक तालिम, श्रम स्वीकृति, भरपाइ तथा प्रमाणपत्र व्यवस्थापन, कागजातको सुरक्षा, नेपालको विमानस्थलको प्रयोग र सहयोगी संस्थाहरूको भूमिकाको विषयमा जानकारी गराएका थिए । ‘स्वदेशमै रोजगारी गरौं, जानै परे सुरक्षितरूपमा जाऔं’ भन्ने नारालाई आत्मसात गर्दै चन्द्रपुर नगरपालिका, गरूडा नगरपालिका, गौर नगरपालिका र दुर्गाभगवती गाउँँपालिकाको सहकार्यमा सुरक्षित आप्रवासनको सन्देश फैलाउने प्रतिबद्धता सहभागीहरुले जनाएका थिए । वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई आवश्यक सूचना र सीपसहित मात्र यात्रा गर्न प्रेरित गर्नुका साथै स्थानीय तह, सञ्चारकर्मी र सरोकारवाला निकायबीच समन्वय बढाउने लक्ष्य लिएको कार्यक्रममा जानकारी गराइएको थियो । विदेशमा काम गर्न जान वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति अनिवार्य लिनुपर्ने, श्रम तथा रोजगारसँग सम्बन्धीत सम्पूर्ण जिज्ञासा, गुनासा र समस्या समाधानका लागि सरकारले सञ्चालनमा ल्याएको निःशुल्क श्रमाधान कल सेन्टर ११४१ मा सम्पर्क गर्न सकिने, थप जानकारीका लागि नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा स्थापना गरिएका आप्रवासी स्रोत केन्द्र वा उपकेन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ। नेपाल पत्रकार महासघ रौतहटका अध्यक्ष सन्जय कुमार कार्कीले कार्यक्रमले वैदेशिक रोजगारमा जाने नेपालीले सुरक्षित वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्दै आप्रवासनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रयासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको र त्यस्ता सुरक्षित वैदेशिक रोजगारीका लागि महत्वपूर्ण जानकारीका थप पहलकदमी गर्ने, कार्यक्रम ल्याउने अपेक्षा गरिएको बताए । कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, शैलकुमारी साह, पत्रकार राकेश यादव, गौतम श्रेष्ठ, शैलेन्द्र गुप्ता, दिनेश यादव, सत्येन्द्र प्रताप सिंह,बिना श्रीवास्तव, शिवपुरी लगायत नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संगठनका सदस्यहरू तथा जिल्ला कार्यक्रम संयोजक बिनय कुमार साह, गौर नगरपालिका सूचना परामर्श पुजा गीरी, राधेश्याम साह लगायत रौतहट जिल्लाका विभिन्न पत्रिका सग आवद्व पत्रकारहरूको सहभागी रहेको थियो । कार्यक्रम संचालन हेमा ढकालले र समापन आर्थिक शाखा प्रमुख सरोजलाल दासले गरेका थिए ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -