सहारा दैनिक

spot_img
Homeसमाचारविद्यालयका प्रधानाध्यापक मृत भेटिए

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

कालीकोट, ६ वैशाखः कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिनुभएको छ । स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा जानुभएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिनुभयो ।
“घटनाको अनुसन्धानका लागि प्रहरी त्यसतर्फ गइरहेको छ”, उहाँले भन्नुभयो, “घटनाका विषयमा अनुसन्धान हुनेछ ।” रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -