सहारा दैनिक

spot_img
Homeसमाचारमहाभारतकालीन यक्ष दहको संरक्षणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

महाभारतकालीन यक्ष दहको संरक्षणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

सहारा संवाददाता––––––––––––––– मलंगवा,४ वैशाख । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले महाभारतकालीन यक्ष दहको संरक्षण र विकासका लागि मधेश प्रदेशका मुुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुुझाउनुु भएको छ । नाढीमन ताललाई महाभारतकालीन यक्ष दहको रूपमा चिनिन्छ, जुन हस्तिनापुर, कुरूक्षेत्र र विराट जस्ता ऐतिहासिक स्थलसँग सम्बन्धित रहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले ज्ञापन पत्र मार्फत मुख्यमन्त्री सिंहलाई जानकारी दिनुुभयो । नेपाल सरकारले नाढीमन ताललाई देशका १०० प्रमुख पर्यटकीय गन्तव्यमा सूचीकृत गरिसकेको र मधेश प्रदेश सरकारले आ.व. २०८०/८१ को नीति तथा कार्यक्रममा यसलाई प्रदेश गौरवको योजनामा समावेश गरे पनि विकासको पक्षमा हालसम्म ठोस काम नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। मधेश प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महŒवपूर्ण सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको नाढीमन तालको संरक्षण, विकास र सौन्दर्यीकरणका लागि समेत पनि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई अध्यक्ष महतोले ज्ञापन पत्र बुुझाउनुुभएको हो । “स्थानीय तहको स्रोतले मात्र नाढीमन तालको समुचित विकास सम्भव छैन, यसको संरक्षण, मौलिक पुनःनिर्माण तथा भौतिक विस्तारका लागि अरबौँ रकम बराबरको लगानी आवश्यक छ,” अध्यक्ष महतोले ज्ञापन पत्रमा उल्लेख गर्नुभएको छ । ज्ञापन पत्रमा तालसँग जोडिएका अन्य तालतलैया, धार्मिक सम्पदा, नदी–खोला तथा भूमिहीन दलित समुदायको व्यवस्थापन गर्दै सम्पूर्ण क्षेत्रको समुचित विकास गर्नुपर्ने माग गरेको छ। त्यस्तै ताललाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रदेश सरकारले अग्रसर भूमिका खेल्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ। ज्ञापन पत्र बुुझाउन जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउत लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -