वीरगंज, ३ वैशाख । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले विज्ञप्ति जारी गरी यही चैत्र ३० गते हनुमान जयन्तीको अवसरमा हिन्दू समाजद्वारा वीरगंजमा आयोजित शोभायात्राको क्रममा छपकैया नजिक मदरसाबाट अतिवादी समूहले गरेको ढुंगा प्रहारको घोर निन्दा तथा भत्र्सना गरेको छ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका संयोजक गोपाल पराजुलीलगायतले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाका दोषीहरूलाई तत्काल कानूनी कारबाही अगाडी बढाउन समाजको प्रयाससँग सहमति जनाउदै बाधित पारिएको ठाउँबाट नै पुनः शोभा यात्रा सञ्चालन गर्न–गराउन आग्रह गरेको छ । प्रष्ट प्रमाणहरू हुँदाहुँदै मस्जिदमा तोडफोड गरेको कारणबाट घटनाक्रम विकसित भएको भन्ने तथ्यहीन आरोप सहित निर्दाेष हिन्दु युवाहरूलाई नियन्त्रण लिएकोप्रति जागरण अभियानले गम्भीर असहमति जनाउँदै संविधानको धारा–४ मा उल्लेखित धर्मनिरपेक्ष भन्नाले सनातन देखि चलिआएको रिति र परम्पराको संरक्षण र संवद्र्धन गर्ने दायित्व राज्यको हुँदा हुँदै अल्पसंख्यकलाई दोषपूर्ण परिस्थितिमा पनि संरक्षण दिनु समग्र संवैधानिक व्यवस्थाको बर्खिलाफ मान्नुपर्दछ उल्लेख गरेको छ । संवैधानिक परिभाषा अनुसार प्रष्ट व्याख्या भए पनि आफ्नो धर्म, संस्कार र परम्पराको पालन गर्न पाउने मौलिक हक लाई अवरोध हुँदा परिस्थितिको जटिलता थप्दै जाने र यसबाट धार्मिक द्वन्द्वको सम्भावना समेत हुने भएकाले सबै पक्षलाई समय मै सचेत हुन आग्रह जागरण अभियानले गरेको छ । हिन्दु समाजसँग विभेदपूर्ण व्यवहार जारी रहेको अवस्थामा उत्पन्न हुन सक्ने गम्भीर र अराजक स्थिति नबनोस भन्ने आग्रह गर्दै वीरगंज लगायत मधेस प्रदेशका कतिपय क्षेत्रमा यस प्रकारको घटनाक्रम बारम्बार दोहरिदै आएकोबारे पनि गम्भीर ध्यानाकर्षण भएको जागरण अभियानले जनाएको छ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झा, अच्युत कृष्ण खरेल, कल्याण कुमार तिम्सिना, केशव चौलागाईं (राष्ट्रिय सदस्य, विश्व हिन्दू परिषद् नेपाल), राजेन्द्र प्रसाद चौधरी (सचिव, विश्व हिन्दू परिषद् नेपाल), द्रोण सुवेदी, सुदर्शन उपाध्याय, राजु बश्याल (पशुपति, काठमाण्डौ), किशोर कुमार भट्टराई (गौशाला, काठमाण्डौ), पूर्ण प्रसाद मिश्र (गुहेश्वरी, काठमाण्डौ), कृष्ण लामा (श्री हिन्दू प्रतिष्ठान नेपाल), चन्द्रमणी प्रसाईं (इमाडोल, ललितपुर), घनश्याम मिश्र, दीपेश के.सी., विजयलाल कायस्थ, बिमल कुमार केडिया, आदित्य के. सी., निश्चल विक्रम पौडेल, रमेश खडका, कुल बहादुर मगर, गिरीराज पाठक (कोषाध्यक्ष, विश्व हिन्दू महासंघ नेपाल ), रामचन्द्र तिवारी (महासचिव, विश्व हिन्दू महासंघ नेपाल)लगायतले संयुक्त रुपमा विज्ञप्ति जारी गरेको जनाएका छन् ।
Facebook Comments Box