सहारा दैनिक

spot_img
Homeदेशवीरगंजलाई शान्त र समुन्नत बनाउन वीउवासंघको आग्रह

वीरगंजलाई शान्त र समुन्नत बनाउन वीउवासंघको आग्रह

वीरगंज, ३ वैशाख । वीरगंज उद्योग वाणिज्य संघको बुधवार प्रेस विज्ञप्ति जारी गरी हनुमान जयन्तीको शोभा यात्रामा दुर्ई पक्ष बीच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव र विकसित घटनाक्रमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वीउवासंघका अध्यक्ष हरिप्रसाद गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकको आर्थिक राजधानीका रूपमा आफ्नो पहिचान बनाइरहेको वीरगंजको आर्थिक शक्ति र सामथ्र्यलाई सबैको सहयोग र सहकार्यबाट सुदृढ बनाउनु पर्ने आवश्यकता यतिखेर रहेको संघले जनाएको छ ।
पछिल्ला केही वर्षदेखि मधेश आन्दोलन, कोभिड १९ लगायतका कारण उद्योग, व्यापार, व्यवसायमा आएको संकुचन र गतिहीनताको प्रभाव वीरगंजले पनि प्रत्यक्ष रूपले भोगिरहेको समयमा विस्तारै उद्योग, व्यापारमा केही सुधार र अर्थतन्त्र गतिशील भइरहेको अवस्थामा पुनः यस किसिमको अवस्था सिर्जना हुनु दुःखद र विचारणीय विषय भएको संघले जनाएको छ । ‘सर्व धर्म समभाव’को मूल अभिष्टलाई प्रवद्र्धन गर्दै समाजलाई समुन्नत र सुसंस्कृत बनाएर लैजानु पर्ने दायित्व प्रत्येक नगरवासीको रहेको हुँदा वर्तमानको असहज परिस्थितिमा वीरगंजवासीलाई संयमित र सजग रहन अनुरोध गरेको छ । संघले वर्तमानको असहज परिस्थितिलाई सबै पक्ष मिलेर समाधान गर्न सामूहिक भूमिका केन्द्रित होस् भन्ने अपेक्षा सहित शान्ति र सद्भावबाटै समाज समुन्नत हुने भएकोले विज्ञप्ति मार्फत वीरगंजलाई शान्त र समुन्नत बनाउन अध्यक्ष अग्रवालले आग्रह गरेका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -