सहारा दैनिक

spot_img
Homeसमाचारगाँजा र चरेससहित चारजना पक्राउ

गाँजा र चरेससहित चारजना पक्राउ

वीरगंज, २७ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध गाँजा र चरेससहित चारजनालाई पक्राउ गरेको छ । चैत २६ गते वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नेपालबाट भारत जाँदै गरेका तीन जनालाई ५ के.जी.७५० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पर्सागढी नगरपालिका वडा नं.३ झबराहा बस्ने वर्ष २९ को पंचलाल माझीले आफ्नो शरीरमा टेपले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा २ के.जी.८७५ ग्राम र सोही ठाउँ बस्ने वर्ष २१ को मुकेश माझीले लगाएको सर्टमुनी शरीरमा सेतो रंगको टेपले बेरी लुकाइ छिपाइ राखिएको २ के.जी.८७५ ग्राम गाँजा बरामद भएको र उनीहरुसंगै रहेका जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.३ झबराहा बस्ने वर्ष ४४ को सुनिल बम्जनलाई पनि पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । यसैगरी चैत २६ गते प्रहरी चौकी ईनर्वाले भारत बिहार जिल्ला मोतिहारी थाना सुगौली ग्राम छपरा वडा नं.७ बस्ने वर्ष ४५ को बिकाश साह कानुलाई दुई किलो चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । कानूले शरीरभित्र टेपले बेरी लुकाइ छिपाइ राखिएको ४ प्याकेटमा २ के.जी. चरेस बरामद भएको जिप्रका, पर्साले जनाएको छ । पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनालाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -