सहारा दैनिक

spot_img
Homeसमाचाररास्वपाको जनयात्रा सुरु

रास्वपाको जनयात्रा सुरु

चितवन, २३ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुईमहिने ‘जनयात्रा’ कार्यक्रम सुरु गरेको छ । आज चितवनमा आयोजित कार्यक्रममा रास्वपा उपसभापति स्वर्णीम वाग्लेले जनयात्रा शुभारम्भ गर्नुभएको हो ।
उपसभापति वाग्लेले जनभावना बुझ्नका लागि सुरु गएिको कार्यक्रममा देशका ७७ जिल्लामा सञ्चालन हुने बताउनुभयो । यस अभियानबाट आफूहरूले जनताले व्यवस्था परिवर्तन चाहेका हुन वा अवस्था भने बुझ्ने बताउनुभयो । जनताले व्यवस्था नभई अवस्था परिवर्तन चाहेको आफूहरूको बुझाइ रहेको भन्दै उपसभापति वाग्लले पुराना दलहरूले अहिलेको व्यवस्थामा पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको आरोप लगाउनुभयो ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जनताको अवस्था र चाहना बुझ्न तय गरिएको कार्यक्रम सभापति रवि लामिछाने पक्राउ पर्दा नरोकिने बताउनुभयो । चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल, केन्द्रीय सदस्यहरू राजन गौतम, ध्रुव गिरी, सविना विकलगायतले सम्बोधन गर्नुभएको थियो । रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -