सहारा दैनिक

spot_img
Homeदेशहुँदै नभएको उद्योगको नाममा सुपारीको आयात

हुँदै नभएको उद्योगको नाममा सुपारीको आयात

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ चैत/
हुँदै नभएको उद्योगको नाममा सुपारी आयात गरेर अवैध बाटो प्रयोग गरी भारततर्फ निकासी गरिरहेको समाचार बुझिन आएको छ ।
पर्सा जिल्ला, वीरगंज ठेगाना उल्लेख गरिएको गणपति एग्रो प्रोडक्ट्स प्रा.लि.ले पछिल्लो केही समयदेखि उद्योगको नाममा सुपारी आयात गरी भारततर्फ निकासी गरिरहेको समाचार बाहिरिएको छ ।
‘सच्चा मोती’ सादा काटेको सुपारी लेखिएको आकर्षक प्याकेट देखाएर सम्बन्धित निकायबाट ठूलो लगानी रहेको भनि सुपारी आयातको स्वीकृति लिएर पछिल्लो एक वर्षमा  हजारौं टन सुपारी सो उद्योगले आयात गरिएको समाचार स्रोतबाट बुझिन आएको छ ।
बजारमा कहीं पनि नदेखिने यो ब्राण्डको सुपारी तथा वीरगंजमा कहीकतै सादा कटिङ सुपारी यस्तो आकर्षक प्याकेटमा उत्पादन हुने गरेको समेत जानकारी नभएको व्यवसायीहरु बताउँछन् । गणपति एग्रो प्रोडक्टस प्रालिले आयात गरेकोले सुपारी कहाँ कटिङ गर्छ, प्याकिङ गरेर कहाँ बिक्री गर्छ केही पनि कागजातहरु फेला पर्दैन र बजारमा पनि कहीं पाइँदैन । तर हजारौं टन सुपारी आयात गरिएको उद्योग स्रोतबाटै बुझिन आएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -