सहारा दैनिक

spot_img
Homeसमाचारलागूऔषधसहित बालक पक्राउ

लागूऔषधसहित बालक पक्राउ

वीरगंज, २० चैत। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले लागूऔषधसहित एकजना बालकलाई पक्राउ गरेको छ। चैत २० गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले जिल्ला पर्सा, वीरगंज मनपा वडा नं.–१६ मा चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट टाँगा चढेर वीरगंज आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला बारा, महागढीमाई नगरपालिका, वडा नं.–१४, भौरा घर बताउने वर्ष १३ को चन्दन सहनीलाई पक्राउ गरिएको जनाएको छ। उनले बोकेको सेतो रंगको बोराको झोलामा माथिबाट आलुले छोपेर लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित लागू औषध (ऋइम्भ्क्ष्ल्भ् एज्इक्एज्ब्त्भ् ७ त्च्क्ष्एच्इीक्ष्म्क्ष्ल्भ् ज्थ्म्च्इऋज्क्ष्इच्क्ष्म्भ् क्थ्च्ग्ए० इल्भ्च्भ्ह् ऋइग्न्ज् क्थ्च्ग्ए ज्ञण्ण्m ि को ५० वटा बोतल फेला परेको हुँदा कारबाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जनाएका छन्।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -