सहारा दैनिक

spot_img
Homeदेशसंविधान २०४७ पुनरस्थापनाको माग गर्दै मशाल जुलुस प्रदर्शन

संविधान २०४७ पुनरस्थापनाको माग गर्दै मशाल जुलुस प्रदर्शन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ चैत ।
राजसंस्था पुनरस्थापनाको लागि आन्दोलनरत विभिन्न संघ, संगठनहरुले आइतवार वीरगंजमा प्रदर्शन तथा मशाल जुलुस निकालेका छन् ।
संयुक्त जनआन्दोलन समिति पर्साले दिउँसो जनप्रदर्शन गरेको छ भने साँझ राष्ट्रिय बजरंग दलले मशाल जुलुस प्रदर्शन गरेको छ । साँझ राष्ट्रिय बजरंग दलका केन्द्रीय अध्यक्ष राजु जैसवालको नेतृत्वमा घण्टाघर चौकमा मशाल जुलुस प्रदर्शन गरेको हो ।
बजरंग दल, पर्साका अध्यक्ष विवेक सिन्हा लगायतको सहभागितामा निकालिएको मशाल जुलुस प्रदर्शनका क्रममा सहभागीहरुले ‘संविधान २०४७ कायम गर’, ‘हिन्दू अधिराज्य कायम गर’, ‘राजा आऊ देश बचाऊ’, ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’लगायत नारा लगाएका छन् । सयकडौंको सहभागितामा रहेका मशाल जुलुस प्रदर्शनकारी र प्रहरीबीच घण्टाघर चोकमा केही बेर घम्साघम्सी भएको थियो ।
मशाल जुलुसपश्चात् आयोजित कोणसभामा संयुक्त जनआन्दोलन समितिका केन्द्रीय प्रतिनिधि डा राजीव झा र मानव सेवकले २०७२ को मुलुकमारा संविधानको अन्त्येष्टि गर्नुपर्ने भन्दै संविधान २०४७ पुनरस्थापनाको लागि जारी आन्दोलनमा अग्रसर हुन सबैमा आव्हान गर्नुभयो ।
उहाँले हिमाल, पहाड, मधेश–तराई, कोही छैन पराई हाम्रो नीति रहेको भन्दै सम्पूर्ण नेपालीहरु एकजुट भई मुलुकलाई जोगाउन जारी आन्दोलनमा सहभागिताको लागि अपील समेत गर्नुभयो ।
बजरंग दलले निकालेको मशाल जुलुस अघि संयुक्त जनअFन्दोलन समिति, पर्साद्वारा पनि मशाल जुलुस प्रदर्शन गरिएको थियो । उक्त मशाल जुलुसमा राप्रपाका अंगद ठाकुर, जलेश्वर सर्राफ लगायत युवाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -