सहारा दैनिक

spot_img
Homeदेशसंयुक्त जनआन्दोलन समितिको संयोजकमा जगमान गुरुङ

संयुक्त जनआन्दोलन समितिको संयोजकमा जगमान गुरुङ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ चैत ।
राजसंस्था पुनरस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको संयोजक नेपाल ऋषि जगमान गुरुङ हुनुभएको छ ।

चैत १५ गते काठमाडौंस्थित तीनकुनेमा आन्दोलन घोषणा सभाका क्रममा भएको झडपलाई बहाना बनाएर सरकारले नवराज सुवेदीलाई नजरबन्द गरेपछि जगमान गुरुङ जनआन्दोलन समितिका संयोजक भएका हुन् । सुवेदीले आइतवार एक प्रेस विज्ञप्ति जारी गरी सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व गुरुङले गर्ने जानकारी दिनुभएको छ ।

उहाँले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न पनि आव्हान गर्नुभएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -