सहारा दैनिक

spot_img
Homeसमाचारतीनकुने घटनाको बारद्वारा भत्र्सना

तीनकुने घटनाको बारद्वारा भत्र्सना

काठमाडौँ, १६ चैतः नेपाल बार एसोसिएशनले नेपालको संविधानविपरीत पूर्वराजाको समर्थन गर्दै आक्रमण, तोडफोड, आगजनी र लुटपाट गरी मानवीय र भौतिक हुनेगरी भएको घटनाको भत्र्सना गरेको छ ।

बारका महासचिवमा अन्जिता खनालद्वारा आज जारी भएको प्रेस विज्ञप्तिमा शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको प्रर्दशनका क्रममा भएको घटनामा मानवीय र भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गर्दै भत्र्सना गरिएको हो ।

बारले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र सोही घटनामा परी सविन महर्जनको मृत्यु भएको जनाउँदै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति माग गर्नुका साथै घटनाको सत्य अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको बारका महासचिवमा खनालले जानकारी दिनुभयो ।

साथै, बारले विज्ञप्तीमार्फत यस्ता घटना पुनः दोहोरिन नदिन मानवअधिकारको रक्षा, सुरक्षाको प्रभावकारी व्यवस्था गर्न र आमनागरिकको सुरक्षा गर्न सरकारसँग अनुरोध पनि गरेको छ ।रासस

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -