सहारा दैनिक

spot_img
HomeसमाचारLive From The Field

Live From The Field

काठमाडौँ, १४ चैत्रः रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ जनता टाइम्स डटकमका अध्यक्ष तथा प्रधान सम्पादक गणेशबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ ।
क्लबका संस्थापक सभापति ऋषि धमलाको सभापतित्वमा पुरस्कार छनोट समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार क्लबको यही चैत १७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने २७औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिनेछ ।
पुरस्कारको राशि नगद रु एक लाख रहेको छ । बस्नेत विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्दै आउनुभएका बस्नेतले व्यावसायिक पत्रकारिताको संस्थागत विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
प्रेस चौतारीको एक दशक लामो नेतृत्व गरिसक्नुभएका बस्नेतले २०५० सालबाट छलफल साप्ताहिकमार्फत पत्रकारिताको सुरुआत गर्नुभएको हो । बस्नेतले एक दर्जनभन्दा बढी साप्ताहिक पत्रिकामा कार्यकारी सम्पादकको भूमिका निर्वाह गर्नुभएको छ । पत्रकार बस्नेतले स्पेस टाइम्स दैनिकको समाचार सम्पादक, राजधानी दैनिकको कार्यकारी सम्पादक, सौर्य दैनिकको सम्पादक र च्यानल नेपाल टिभीको समाचार प्रमुखका रूपमा काम गरिसक्नुभएको छ । रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -