सहारा संवाददाता––––––––––––––– वीरगंज, १४ चैत । राष्ट्रिय नागरिक संघर्ष समिति केन्द्रीय कार्यालय, काठमाडौंले आज अपील जारी गर्दै नेपाली जनताका प्रिय एवम् चर्चित राष्ट्रवादी देशभक्त अभियन्ता नयाँ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईद्वारा घोषित जनविद्रोहलाई साथ समर्थन र सहयोग गर्न सम्पूर्ण राज संस्थावादी संघसंस्थाहरूलाई आह्वान गरेको छ । राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंहले जारी गरेको अपीलमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहबाट ७५ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिनुभएको आव्हानलाई समर्थन गर्दै राष्ट्रलाई निकास दिने सन्दर्भमा चैत १५ गते विशाल जनप्रदर्शनको आयोजना हुने भएको जनाएका छन् । उनले चैत १५ गते काठमाडौंको कोटेश्वर, तीनकुनेमा बिहान ११ बजे हुने विशाल प्रदर्शनमा सहभागी भई श्री ५ महाराजधिराज सरकारको सदिक्षालाई समर्थनमा सहभागी भइदिनुहुन राष्ट्रप्रेमी आमा बुबा, दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गरेका छन् ।
Facebook Comments Box