सहारा दैनिक

spot_img
Homeसमाचारपर्सा प्रहरीको आँखा परीक्षण

पर्सा प्रहरीको आँखा परीक्षण

वीरगंज, १३ चैत । ४७औ नेत्र ज्योति दिवसको अवसरमा ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ नाराका साथ जिल्ला प्रहरी कार्यालय, पर्सामा बुधवार निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरिएको छ ।
नेत्र ज्योति संघ पर्साका सभापति भगवती चौधरीको सभापतिवमा भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, बिशिष्ट अतिथि प्रहरी उपरीक्षक गौतम मिश्रले आफ्नो आँखा परीक्षण गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा सभापति चौधरीले प्रहरी दिन रात जनताको सेवामा लागेको, ट्राफिक, बिपद उद्धार, सुरक्षा लगायत सबै क्रियाकलापमा प्रहरी अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको बताए । कार्यक्रममा हिरासतमा रहेका ३२ जना कैदीहरू र विभिन्न शाखाका प्रहरी १६८ जनाको आँखा परिक्षण गरिएको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -