सहारा दैनिक

spot_img
Homeदेशचन्द्रनगर गापाद्वारा उच्च शिक्षा हासिल गर्ने ३६ जना छोरीहरुलाई आर्थिक सहयोग

चन्द्रनगर गापाद्वारा उच्च शिक्षा हासिल गर्ने ३६ जना छोरीहरुलाई आर्थिक सहयोग

सहारा संवाददाता–––––––––––––––
मलंगवा, ११ चैत।
सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा कक्षा पास गरी २० वर्ष पु–याएर बिहे गरेको १३ जना छोरी र २० वर्ष पूरा गरी स्नातक तह पहिलो वर्षमा अध्यनरत २३ जना छोरीहरूलाई चेक हस्तान्तरण गरिएको छ।
प्लस टु पास गरी २० वर्ष पु–याएर बिहे गरेका १३ जना छोरीलाई रू ५० हजार र २० वर्ष पूरा गरी स्नातक तह पहिलो वर्षमा अध्यनरत २३ जना छोरीहरूलाई रू ११ हजार दरले चेक प्रदान गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ।
गापा अध्यक्षमा निर्वाचित भएपछी राजकुमार महतो लगायत सम्पुर्ण जनप्रतिनिधिहरूले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका थिए।
गापामा रहेका छोरीहरूले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरूप ५० हजार रुपियाँ सहयोग गर्ने गरिएको चन्द्रनगर गापाका निमित प्रमुख प्रशासकीय अधिकृत राजेश यादवले जानकारी दिनुभयो।
गाउँपालिकामा प्रत्येक वर्ष ५० प्रतिशत भन्दा बढी हुने बालबिवाह, २० प्रतिशत भन्दा बढी कम उमेरमा गर्ने भागी विवाहलाई निरूत्साहित गर्न र उच्च शिक्षामा छोरीको पहुँच पु–याउने उद्देश्यका साथ रू ५० हजार तथा स्नातक पहिलो वर्षमा अध्यन गर्ने छोरीलाई रू ११ हजार प्रदान गर्ने गरिएको गापा अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो।
अभिभावकहरूमा छोरीले कम्तीमा उच्च शिक्षा हासिल गर्ने, उमेर पुगेपछि मात्र बिवाह गर्ने र छोरीलाई बोझ मान्ने प्रवृत्तिमा कमि आएको अध्यक्ष महतोले बताउनुभयो।
प्लस टु पास गरी २० वर्ष पु–याएर बिहे गरेको १३ छोरी र २० वर्ष पूरा गरी स्नातक तह पहिलो वर्षमा अध्यनरत २३ जना छोरीहरूलाई गाउँपालिका अध्यक्ष महतो, निमित प्रमुख प्रशासकीय अधिकृत राजेश यादव, वडा अध्यक्ष तथा सदस्यहरूले चेक हस्तान्तरण गरेको चन्द्रनगर गाउँपालिकाका अधिकृत छैठो कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -