सहारा दैनिक

spot_img
Homeदेशगणतन्त्र सहित संविधान र पूर्वप्रधानमन्त्रीहरूको तस्वीर जलाइयो

गणतन्त्र सहित संविधान र पूर्वप्रधानमन्त्रीहरूको तस्वीर जलाइयो

सहारा संवाददाता–––––––––––––––
रौतहट, ४ चैत/
रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिकास्थित पिपराबजारमा सोमवार ‘गणतन्त्रको अन्त्येष्टि’ कार्यक्रम गरिएको छ ।
कार्यक्रममा २०७२ को संविधानसहित नेपालका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओलीको तस्बिरलाई चितामा राखेर दाहसंस्कार गरिएको हो ।

‘राजा ल्याऊ, देश बचाऊ’ भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाल–भारत हिन्दू मैत्री समाजका केन्द्रीय अध्यक्ष डा. राजीव झाले गणतन्त्रलाई १७ हजार नागरिकको हत्या, बन्दुकको दबाब र विदेशीको प्रभावबाट लादिएको मुलुकमारा व्यवस्थाको रूपमा परिभाषित गरे ।

उनले गणतन्त्रलाई नै देशको अस्थिरताको जड ठहर्याउँदै राष्ट्रवादी शक्तिहरूलाई एकजुट भई नयाँ व्यवस्थाको मार्ग प्रशस्त गर्न आहवान पनि गरे ।

डा. झाले विगत १७ वर्षसम्म देखी नसकेका नेता दरबारको नेतृत्व लिने भन्दै स्वघोषित संयोजकहरू केवल निश्चित वर्गको स्वार्थ पूर्तिको प्रयासमा रहेको टिप्पणी गरे । उनले मधेशी समुदायलाई फेरि आन्दोलनको भीड बनाउने षड्यन्त्रलाई कुनै हालतमा स्वीकार गर्न नसकिने प्रस्ट्याए छन् ।

कार्यक्रममा स्थानीय राष्ट्रवादी नागरिकहरूले नेपालको मौलिक पहिचान, संस्कृति र हिन्दू राजसंस्थाको पुनःस्थापनाका लागि निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री माधव नेपालको क्षेत्रमा आयोजित उक्त कार्यक्रममा माधव नेपाल विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -