सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, २४ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाण्डौंमा लाखौं नागरिकले स्वागत गरेको छ ।
पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी पोखराबाट आइतवार अप्राहृन्न काठमाडौं फर्किनुभएका पुर्व राजा शाहलाई लाखौं नागरिकले स्वागत गरेका हुन ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायत विभिन्न राजनीतिक दलका शिर्ष नेता सहित विभिन्न संघ संगठनका साथै दुर्गा प्रसाईले नेतृत्व गरेको महाअभियानको सहभागितामा झण्डै ५ लाख नागरिकले राजालाई स्वागत गरेको राष्ट्रिय नागरिक संघर्ष समितिका प्रचार प्रसार प्रमुख मानव सेवकले जानकारी दिनु भयो ।
उहाले ५ लाख भन्दा बढिको सहभागिमा राजालाई विमानस्थलबाट स्वागत गरी निर्मल निवास सम्म पुर्याइएको बताउनु भयो ।
विमानस्थलबाट बाहिरिने क्रममा राजाले गाडिको हुढबाट सहभागिलाई अभिवादन समेत गर्नु भयो ।
पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर देखि तिनकुने र पशुपति पुल समम उभिएका नागरिकको हातमा राष्ट्रिय झन्डा र राजाको तस्विर रहेको देखिन्थ्यो ।
राजाको समर्थन एवं स्वागतमा उपस्थित भएका आमनागरिकको भिडका कारण विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो ।
राजाको स्वागतमा सहभागिहरुले राजा आउ देश बचाउ, फस्ट नेपाल फस्ट नेपाली, अब बन्छ नेपाल जस्ता नारा लगाउनुको साथै प्रधानमन्त्री तथा गणतन्त्र विरुद्ध समेत नाराबाजी गरेका छन ।
पोखरा आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्कनुभएका राजा पोखराबाट काठमाडौं आउनुभएको हो ।