सहारा दैनिक

spot_img
Homeसमाचारनेपाल पासवान संघ, पर्साको जिल्ला भेला सम्पन्न

नेपाल पासवान संघ, पर्साको जिल्ला भेला सम्पन्न

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ फागुन ।
नेपाल पासवान संघ पर्साको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
संघको जिल्ला अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा सखुवा प्रसौनीमा सम्पन्न भेलाले जिल्लाको चार वटै क्षेत्रको संयोजक चयन गरेको छ ।
क्षेत्र न. १ को संयोजकमा धनन्जय पासवान, क्षेत्र न. २ मा मुखिलाल पासवान, क्षेत्र न.३ मा छननु पासवान र क्षेत्र न. ४ मा नरेन्द्र पासवान चयन भएको जिल्ला सचीव रवि भूषण पासवानले बताउनु भयो ।
त्यस्तै भेलाले नागिन्द्र पासवानको अध्यक्षतामा १५ सदस्यीय सखुवा परसौनी गाउँँपालिका कमिटी समेत गठन गरेको छ ।
उक्त कमिटीको उपाध्यक्षमा बिरकिशोर पासवान, सचीवमा श्रीराम पासवान, सह– सचीवमा सानो पासवान र सदस्यमा क्रमस अकलु पासवान, सोति पासवान, सोनालाल पासवान, शान्ति देवी लगायत रहनु भएको छ ।
भेलाको प्रमुख अतिथी बहुजन एकता पार्टीको बरिष्ठ नेता राजाराम पासवानले जातीय एकता संगसंगै समग्र दलितको एकता गर्दै शासक वर्ग विरूद्ध लडन तैयार हुन आव्हान गर्नुभयो ।
भेलामा अधिबक्ता प्रेम शंकार हजारी, पत्रकार बृजलाल पासवान, पासवान संघ पर्साका उपाध्यक्ष शम्भु पासवान, सहसचिव मुखी हजरा, बृकेश पासवान, रामदयाल पासवान, अमरदेव पासवान, छन्नु पासवान, बिरेन्द्र पासवान लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -