सहारा दैनिक

spot_img
Homeदेशतिब्बत भूकम्पको धक्का काठमाडौँमा

तिब्बत भूकम्पको धक्का काठमाडौँमा

राष्ट्रिय समाचार समिति (रासस)
काठमाडौँ, २४ फागुनः
चीनको तिब्बत स्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराहृन १४ः३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प भएको हो ।
यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो ।
आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ । आजै बिहान ०३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रिक्टरको भूकम्प भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -