सहारा संवाददाता–––––––––––––
वीरगंज, २२ फागुन ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजाबाट आएको शुभकामना सन्देशको स्वागत एवं समर्थनमा संघ–संगठनहको ओइरो लागेको छ ।
राष्ट्रीय नागरिक संघर्ष समितिले पूर्वराजाबाट आएको शुभकामना सन्देशको स्वागत एवं समर्थनमा वीरगंजमा आयोजना गर्न लागेको मोटरसाइकल र्याली तथा आमसभामा विभिन्न राजनीतिक दल, संघसंस्थाहरुले समर्थनसहित ऐक्यबद्धता जनाउन थालेका हुन् ।
राष्ट्रीय नागरिक संघर्ष समिति, पर्साले एक अपिल जारी गरी “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारद्वारा यही मिति २०८१ फाल्गुन ०७ गते प्रजातन्त्र दिवसको पुनित अवसरमा देशवासीका नाममा बक्सभएको शुभकामना सन्देश मार्फत गरी बक्सेको आव्हान”को समर्थनमा फागुन २४ गते वीरगंजमा मोटरसाइकल ¥याली र आमसभा आयोजना गरिने जनाएपछि विभिन्न संघसंगठनहरुले समर्थन गर्न थालेका हुन् ।
राष्ट्रीय नागरिक संघर्ष समिति, पर्सा आयोजक र राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा सह–आयोजक रहेको कार्यक्रमप्रति समर्थनसहित ऐक्यबद्धता जनाउँदै लौरो अभियान, नेपाली कांग्रेस (बिपी), अन्तर्राष्ट्रिय हिन्दू परिषद, स्वतन्त्र नागरिक बचाउ अभियान, बजरङ्ग दल, नेपाल–भारत हिन्दूमैत्री समाज, २०४७ को संविधान हाम्रो अभियान, धर्म निरपेक्षता खारेजी अभियान, राष्ट्रिय जागरण अभियानलगायतले आम जनतालाई सहभागिताको लागि आव्हान समेत गरेको छ ।
त्यसैगरी फागुन २४ गते वीरगंजमा हुने आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवल शमशेर, नेकपा मालेका महासचिव सि.पी. मैनाली, शास्त्रदत्त पन्त, डा के.बी रोकाय, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंह, प्रवक्ता हीरा बहादुर चन्द, राप्रपाकी सांसद वीणा जयसवाललगायतका वक्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका प्रचार प्रसार प्रमुख मानव सेवकले जानकारी दिनुभयो ।
Facebook Comments Box