सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० फागुन ।
प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजाबाट आएको शुभकामना सन्देशको समर्थनमा राष्ट्रीय नागरिक संघर्ष समिति, पर्साले आयोजना गर्ने मोटरसाइकल र्याली र आमसभामा लौरो अभियानले पनि ऐक्यबद्धता जनाएको छ ।
राष्ट्रीय नागरिक संघर्ष समिति, पर्साले पुर्व राजाले प्रजातन्त्र दिवसको शुभकामना सन्देश मार्फत देशको वर्तमान अवस्था प्रति असन्तुष्टी व्यक्त गर्नुको साथै देशलाई बचाउन तथा समृद्धिका निम्ती देशवासीलाई साथ दिन गरेको अहृवानको समर्थनमा आयोजना गर्ने मोटरसाइकल र्याली र आमसभामा लौरो अभियानले पनि ऐक्यबद्धता जनाएको जनाएको हो ।
फागुन २४ गते वीरगंजमा राष्ट्रिय नागरिक संघर्ष समितिको आयोजनामा सम्पूर्ण देशझक्त नागरिकहरूको संयुत्त विशाल नागरिक आमसभामा हाम्रो एकबद्धता सहित व्यापक सहभागिता रहने लौरो अभियानले जनाएको छ ।
लौरो अभियानले उक्त सभामा सम्पूर्ण राजनीतिक सांस्कृतिक तथा आर्थिक व्यथितिको अन्त्यका निम्ति सहभागिताको लागि अपिल पनि गरेको छ ।