सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ फागुन ।
पौने दुई किलो अफिमसहित एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराका प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंजचोकमा बा ६३ प ८२६२ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा एक किलो ७५० ग्राम अफिमसहित मकवानपुर जिल्ला कैलाश गाउँपालिका–६ पकनी बस्ने २१ वर्षीय रवीन्द्र मोक्तानलाई पक्राउ गरेको छ ।
मोक्तानले मोटरसाइकलको सिटमुनि लुकाई छिपाई लगिरहेको अवस्थामा अफिमसहित पक्राउ गरी बारा जिल्ला अदालत कलैयाबाट १० को म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
पौने दुई किलो अफिमसहित मोक्तान पक्राउ
Facebook Comments Box