सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारओम चाचानको पसलमा छापामारी

ओम चाचानको पसलमा छापामारी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ फागुन ।
ओम चाचानको पसलबाट सशस्त्र प्रहरी बलले लाखौं मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं ६ आदर्शनगर मेनरोडस्थित चाचानको शिवम इम्पोरियम पसलमा छापामारी गरी लाखौं मूल्य बराबरको कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले छापामारी गरी ५० बोराभन्दा बढी कपडा बरामद गरेको बताइएको छ ।
सूचनाको आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले सोमवार शिवम इम्पोरियमबाट बरामद गरेको भन्सार छलीको कपडा अन्दाजी मूल्य रु. ३० लाख भन्दा बढी रहेको बताइएको छ ।
आइतवार साँझ तस्करी गरी ल्याइएको कपडाहरु चाचानको पसल/गोदाममा राखिएको भन्ने सूचनाको आधारमा छापामारी गरिएको सशस्त्र प्रहरी प्रमुख राधेश्याम धिमालले जानकारी दिनुभयो ।
समाचार स्रोत अनुसार करोडौं रुपैयाँ गैरबैंकिङ कारोबार (ब्याजमा लगानी) गर्ने गरेका चाचान कपडाको ठूलो अवैध कारोबारी रहेको समेत व्यापारी वर्गमा चर्चा रहेको बताइन्छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -