सहारा दैनिक

spot_img
Homeसमाचारबाराको पाँचवटा मदिरा भट्टीमा प्रहरीको छापामारी

बाराको पाँचवटा मदिरा भट्टीमा प्रहरीको छापामारी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० फागुन ।
जिल्ला प्रहरी कार्यालय, बाराले पाँचवटा अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा तोडफोड गरी ठूलो परिमाणमा मदिरा नष्ट गरेको जनाएको छ ।
प्रहरी निरीक्षक दिलिप कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ५ वटा अबैध मदिरा भठ्ठीमा छापामारी मदिरा नष्ट गरेको हो । बाराको महागढीमाई नगरपालिका वडा नं.३ रामटोलमा रहेका तीनवटा भठ्ठी, वडा नं.१० ग्वासटोलमा दुईवटा भठ्ठीमा छापामारी कच्चा पदार्थ ८,००० लिटर, प्लास्टिकको ड्रम ठुलो र सानो गरी ११५ वटा र मदिरा तयार गर्ने मसिन ४ वटा नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -