सहारा संवाददाता––––––––––––––– वीरगंज, ७ फागुन । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हीराबहादुर चन्दले मुलुकलाई वर्तमान जर्जर अवस्थाबाट उकास्न परम्परागत र आधुनिक शक्ति एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ७५औं शुभ जन्मोत्सवको अवसरमा वीरगंजमा आयोजित कार्यक्रममा उहाँले मुलुक जोगाउन गाउँ–गाउँबाट नागरिक अग्रसर हुनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले प्रजातन्त्र दिवसको अवसरमा राजाबाट जारी शुभकामना सन्देशले समेत अब ढिलो नगरी सबै शक्ति एक भएर मुलुक बनाउनेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता रहेको प्रष्ट्याउनुभयो ।
उहाँले देश विकासको लागि राजा, जनता र आधुनिक शक्तिको मेलमिलापले मात्र सम्भव भएको बताउनुभयो ।
यसैबीच वीरगंजमा देशभक्त राजभक्त समूह तथा नेपाल राष्ट्रवाद संघ, राप्रपालगायतले बुधवार प्रदर्शन गर्दै राजा आउ देश बचाउको नारा लगाएका छन् । वीरगंजको घण्टाघरमा भेला भई निस्किएको जुलुसले नेता चोर देश छोड, राजसंस्था कायम गर, हिन्दु राज्य कायम गर, संघीयता खारेज गर, आर्यघाटले के भन्छ–गणतन्त्र ले भन्छ, मेची महाकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ, गणतन्त्र मुर्दाबाद’ नारा लगाउँदै नेताप्रति आक्रोश पोखेको थियो । वीरगंजको माइस्थान, अलखियामठ, आदर्शनगर, गीता मन्दिर हुँदै फेरि घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियोे । कोणसभामा वक्ताहरूले देशलाई झन बर्बादीबाट जोगाउन राजसंस्था अपरिहार्य भएको र संघीयता खारेज गर्नुपर्ने तथा हिन्दु राज्य कायम गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा देशभक्त राजभक्त समूहका अध्यक्ष दीपेन्द्र रौनियार, राष्ट्रिय नागरिक संघर्ष समितिका अब्दुल सतार अन्सारी, राप्रपा पर्साका उपाध्यक्ष तथा मधेस प्रदेश सदस्य शान्ति खड्का, क्षेत्र नं. १ का अध्यक्ष अर्जुनसिंह ठकुरी, नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनक साह, विश्व हिन्दु महासंघका के. सदस्य पृथ्वी झा, समाजसेवी पशुपति विक्रम शाहलगायत जनसमुदायको उल्लेख्य सहभागिता थियो ।

Facebook Comments Box