सहारा संवाददाता–––––––––––––––
वीरगंज, २ फागुन ।
यस वर्षको गोतामे पत्रकारिता स्वर्ण पदक दार्चुलाका पत्रकार मनोज बडुलाई प्रदान गरिएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले शुक्रवार वीरगंजमा एक कार्यक्रमको आयोजना गरी कान्तिपुर दैनिक दार्चुलाका संवाददाता बडुलाई स्वर्ण पदक प्रदान गरिएको हो ।
कार्यक्रमका मुख्य अतिथि संविधानसभा सदस्य अनिलकुमार रूङ्गटाको सम्मानपत्र र एक तोला सुनको पदक पत्रकार मनोज बडुलाई प्रदान गरेका थिए ।
कार्यक्रममा रूङ्गटाले पत्रकारिता समाजको दर्पण भएकाले आवाजविहीनको आवाज बनेर कार्य गर्ने एवम् समाजलाई सही दिशा देखाउने कार्यमा महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले प्रतिष्ठानले गर्दै आएको कामको प्रसंसा समेत गरेका थिए। आवश्यक परे जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सम्मानित पत्रकार बढुले आफुलाई गरिएको सम्मान क्रियाशील सञ्चारकर्मीहरूको सम्मान भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रतिष्ठानका उपाध्यक्ष चन्दकिशोर, ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष श्याम पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा स्व. गोपालचन्द्र गौतमकी पत्नी सुधा गौतम, छोरा हिमालचन्द गौतम लगायतकोहरूको पनि उपस्थिति रहेको थियो । प्रतिष्ठानका सदस्य गोविन्द प्रताप श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Facebook Comments Box