राधेश्याम साह
गौर, २९ माघ ।
मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक खारेजीको माग गर्दै श्रमजीवी पत्रकार संघ, रौतहटले मौन जुलुस प्रदर्शन गर्दै प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ ।
मधेसी क्रान्ति विपी चौक, रौतहटको सदरमुकाम गौरमा मंगलवार श्रमजीवी पत्रकारहरूले सरकारले ल्याइएका विधेयक नेपाली जनताको मौलिकता हनन हुने प्रेस स्वतन्त्रताविरूद्ध कदम चालिएकोमा विरोध गरे ।
‘मलाई लेख्न र बोल्न देउ सरकार’ नारासहित मौन जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायलाई संघका जिल्ला अध्यक्ष संतोष पौडेलले ज्ञापनपत्र बुझाएको छ ।
पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि अंकुश लगाउने नियतले ल्याइएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरूद्धको कदम भएकाले तुरून्त फिर्ता लिनुपर्ने उनले माग गरे ।
संचारकर्मीहरू मुखमा कालो टेप टाँसी विभिन्न प्लेकार्ड बोकेर जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा पुगेका थियोे ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनिष झालाई ज्ञापनपत्र बुझाउदै सरकारले मिडिया काउन्सिललाई संकुचित पार्नका निमित्त यस्ता विधेयक ल्याउन लागेको गम्भीर आरोप लगाए ।
सरकार तानाशाह बन्न खोजिएको भन्दै गम्भीर आपत्ती जनाउदै अविलम्ब उक्त विधेयकलाई खारेजी गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाका, अग्रज पत्रकार प्रभात झा, रौतहट संघ पूर्वअध्यक्ष रविन्द्र प्रसाद साहलगायतको उपस्थिति थियो ।
Facebook Comments Box