सहारा संवाददाता–––––––––––––––
सर्लाही, २८ माघ ।
सर्लाही जिल्लामा आदर्श विवाह सम्पन्न भएको छ । कविलासी नगरपालिका वडा नं. ७ निवासी उज्ज्वलराज साह र हरिपुर निवासी आँचल सरकारबीच माघ २५ गते दाइजोरहित अन्तरजातीय विवाह भएको हो ।
समाजमा बिकृतीको रूपमा मौलाएको दाइजो प्रथालाई चुनौती दिंदै यो अन्तरजातीय र आदर्श विवाहले समाजमा नयाँ दिशा प्रस्तुत गरेको पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साहले जानकारी दिए ।
उज्ज्वल सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको लर्ड ब्राइट स्कुलका टपर विद्यार्थी हुन् । आँचलले सामाजिक सञ्जालमा उज्ज्वललाई साथी बनाएपछि पारिवारिक भेटघाट हुन थाल्यो । दुुई परिवारको सहमतिमा उज्ज्वल र आँचलको बिना दाइजो बिहे भएको हो ।
आँचल बंगाली कायस्थ हुन् भने उज्जवल व्याहुत कलवार हुन् । बेहुलीको बुवा माधव सरकारले देशको वर्तमान संबिधान र कानुनको पालना गर्दै समाजको कुरीतीविरुद्ध अन्तरजातीय विवाह र दहेज प्रथाको विरूद्ध विवाह सम्पन्न भएको बताए ।
आँचल नेपालमा ब्रिटिस कलेजमा एमबीएमा दोश्रो वर्षमा अध्यननरत छिन भने उज्जवल अमेरीकाबाट सफटवेयर इन्जिनियर(आइटी) गरेका छन । उनीहरूको अमेरीकामा ग्रिन कार्ड समेत बनि सकेको छ ।
बेहुलाको बुवा भरत साह र बेहुलीको बुवा माधव सरकारले विवाहको प्रक्रिया सहज र सम्मानजनक बनाएको थियो ।
मधेशमा विवाहका क्रममा जातपातको विषय प्रायः एक ठूलो विवादको कारण बनिरहेको हुन्छ। यद्यपि, यस विवाहले जातीय भेदभावको पर्खाललाई तोड्न र समानताको आधारमा एक–अर्काप्रति सम्मान राखेर विवाह गर्ने एक उदाहरण प्रस्तुत गरेको छ। यसले समाजमा रहेको परम्परागत सोचलाई चुनौती दिने काम गरेको छ। आदर्श विवाहको रूपमा यसलाई लिने व्यक्तिहरूको भनाइ छ कि, जातीय भेदभाव र सामाजिक विभाजनका कारण धेरै युवाहरूको प्रेम र समर्पणलाई खारिज गरिन्छ, तर उज्ज्वल र आँचलको विवाहले त्यस्तो सीमालाई पार गर्दै प्रेम र सामाजिक समरसतामा विश्वास राख्ने नयाँ मार्ग प्रशस्त गरेको छ।
सार्वजनिक दृष्टिकोणमा यो विवाहले समानता र एकताको भावना थप गरेको छ। यस विवाहको सफलताले अन्य स्थानहरूमा पनि अन्तरजातीय विवाह र आदर्श विवाहको प्रवृत्ति फैलाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस विवाहले समाजमा व्यापक सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ। समाजका विभिन्न वर्गहरू, विशेष गरी युवापुस्ताले यस विवाहलाई एक उदाहरणको रूपमा लिइरहेका छन्, जसले जातीय र सामाजिक भेदभावका विरूद्ध आवाज उठाउन र एकता र प्रेमको मूल्य बुझ्नमा मदत पुर्याउँछ।
यस प्रकारका विवाहले मधेश क्षेत्रका परम्परागत सोचलाई बदल्ने अवसर दिन्छ र समाजमा समानता र परस्पर सम्मानको भावना बढाउँछ। यस्ता विवाहले परम्परा र आधुनिकताको सन्तुलन कायम राख्नका साथै समाजलाई एकताबद्ध बनाउन ठूलो भूमिका खेल्ने विश्वास राख्न सकिने बिहेमा सहभागी भएका व्यक्तिहरूको भनाइ छ ।
विवाहमा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र राय, संविधान सभा सदस्य रामचन्द्र चौधरी, रिजवान अंसारी, रंजना सरकार, नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साह, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती नागेन्द्र राय, हरिपुरका नगर प्रमुुख गोपाल पजियार लगायत जिल्ला भरीकै विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो ।
दाइजोप्रथालाई चुनौती दिंदै उज्ज्वल र आँचलले गरे अन्तरजातीय विवाह
Facebook Comments Box