सहारा दैनिक

spot_img
Homeअर्थबारा र पर्सा प्रहरीद्वारा भन्सार छलीका सामान नियन्त्रण

बारा र पर्सा प्रहरीद्वारा भन्सार छलीका सामान नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ माघ ।
जिल्ला प्रहरी कार्यालय बाराले बिल–भरपाईभन्दा बढी र सामानको स्रोत खुलाउन नसकेको रू. ६६ लाख ४७  हजार ९५० बराबरको विभिन्न सामानहरूसहित ट्रक नियन्त्रणमा लिइ आवश्यक कारबाईको भइरहेको जनाएको छ ।
माघ २४ गते बिहान ६ः५० बजे जिल्ला बारा, जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.०१ पथलैयाचौकमा प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले गौरबाट काठमाडौं जादै गरेको ना.८ ख ४५६३ नं. को ट्रकमा लोड गरेको ६५,२९,९५०।– बराबरको कस्मेटिक, जुत्ता, कपडा, औषधी, हाडवेयरलगायतका अन्य खुद्रा ासमानसहित ट्रक नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।
यसैगरी प्रहरी चौकी मटिअर्वाले  कलैया उप–महानगरपालिका वडा नं. १० शनिचरा मठबाट प्र.ह. प्रितम पटेलको कमाण्डमा खटिएको गस्ती टोलीलाई देखेपछि भारतबाट नेपालतर्फ टाउकोमा कपडा बोकी आउंदै गरेका व्यक्तिहरु कपडा फालेर फरार भएको जिप्रका, बाराले जनाएको छ ।
एक लाख अठार हजार मूल्य बराबरको उक्त सामानहरू नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका, बाराका सूचना अधिकारी प्र.ना.उ.प्रकाश सापकोटा ले बताएका छन् ।
यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले ३२ लाख भन्दा बढीको भन्सार छलीका विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडा नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले ३२ लाख ४३ हजार ५५५ बराबरका सामग्री नियन्त्रणमा लिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । वडा प्रहरी कार्यालय विर्ता, वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उक्त सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -