सहारा दैनिक

spot_img
Homeसमाचार३९ लाखबढी मूल्यका सामानसहित दुई ट्रक प्रहरी नियन्त्रणमा

३९ लाखबढी मूल्यका सामानसहित दुई ट्रक प्रहरी नियन्त्रणमा

वीरगंज, २१ माघ । बिलविजक भन्दा बढीको सामानसहित दुर्ई वटा मिनी ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आइतवार राति बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा प्रहरी चौकी पथलैयाले विराटनगरबाट काठमाडौं जाँदै गरेको प्र ०१–०२–००१ ख ८०८६ नम्बरको ट्रकलाई रोकेर जाँच गर्दा बिल विजकभन्दा बढी ३८ लाख १६ हजार रुपियाँँ बराबरको इलेक्ट्रोनिक सामान, कपडा, कफी तथा अन्य खुद्रा सामग्री ट्रकमा बरामद गरेको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
यसैगरी बाराको महागढीमाई नगरपालिका २ इनर्वाबाट ना७ख ३४३९ नम्बरको मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । तेलकुवाबाट बरियारपुर जाँदै गरेको ट्रकबाट एक लाख ६८ हजार रुपियाँँ बराबरको सात टन आलु बरामद गरिएको हो ।
प्रहरीका अनुसार दुवै ट्रकमा रहेको सामनको स्रोत स्पष्ट नहुँदा तथा बिल भरपाईभन्दा बढी रहेका कारण ट्रकहरू नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिईएका सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता सापकोटाले जानकारी दिए ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -