सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारशान्ति सुरक्षा प्रभावकारी बनाउने– एसपी मिश्र

शान्ति सुरक्षा प्रभावकारी बनाउने– एसपी मिश्र

वीरगंज, १५ माघ । वीरगंज उद्योग वाणिज्य संघले मंगलवार एक कार्यक्रमको आयोजना गरी पर्सामा सरुवा भई आएका एसपी गौतम मिश्रसँग छलफल गरेको छ। संघका प्रतिनिधिहरूले औद्योगिक क्षेत्रको सुरक्षा, बढ्दो आपराधिक गतिविधि, ट्राफिक व्यवस्थापन, तथा अन्य सामाजिक मुद्दाहरूवारे एसपी मिश्रलाई जानकारी गराएका थिए। प्रहरी उपरीक्षक मिश्रले वीरगंजमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रतिबद्धता बताए । उनले स्थानीय व्यवसायी तथा नागरिकहरूसँग समन्वय गरेर समस्या समाधान गर्न प्रहरी प्रशासन तयार रहेको प्रतिबद्धता व्यक्त गरे। छलफलमा संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पदाधिकारी, उद्योगी–व्यवसायी तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -