सहारा दैनिक

spot_img
Homeसमाचारप्रेस सेन्टरको स्थापना दिवसमा विभिन्न कार्यक्रम

प्रेस सेन्टरको स्थापना दिवसमा विभिन्न कार्यक्रम

वीरगंज, १५ माघ/ प्रेस सेन्टर नेपालले २१औं स्थापना दिवसको अवसरमा पर्सा शाखाले मंगलवार वीरगंजमा प्रभातफेरी निकालेको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा वीरगंजको घण्टाघरबाट शुरू भएको प्रभातफेरी नगर परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर टुङ्गिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारको हकहित र पेशागत संरक्षणको लागि प्रेस सेन्टर सक्रिय संस्था भएको बताए । उनले पत्रकारितालाई व्यवसायिकता बनाउनका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष खनालले नागरिकका समस्यालाई उजागर गर्न र सुसुचित गराउने भूमिकालाई पूरा गर्ने कार्यमा एकढिक्का भएर लागेमा पत्रकारिता पनि व्यवसायिकता हुने र पेशागत समस्या सृजना नहुने उनको विश्वास छ । कार्यक्रमलाई प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगेर, सेन्टरका पर्सा जिल्ला निवर्तमान अध्यक्ष एवं पत्रकार महासंघ मधेश प्रदेश सचिव दिपक गौतम, पत्रकार महासंघ पर्साका सचिव एवम् प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गरेका थिए । यसैगरी प्रेस सेन्टरले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसञ्चार केन्द्र वीरगंजमै भएको आकस्मिक रक्तदान कार्यक्रमको उदघाटन नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेलले गरेका थिए । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवसहित २१ जनाले रक्तदान गरेका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -