सहारा दैनिक

spot_img
Homeअर्थ५० लाखभन्दा बढीको कपडा तथा हार्डवेयरका सामान बरामद

५० लाखभन्दा बढीको कपडा तथा हार्डवेयरका सामान बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ माघ ।
सीमा सुरक्षा गुल्म वीरगंजले सूचनाका आधारमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपियाँँ बराबरको सामान बरामद गरेको छ ।

 

सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १०, आदर्शनगर क्षेत्रमा लुकाइछिपाई गोदाममा राखिएका कपडा र हार्डवेयरका सामानहरू बरामद गरिएको हो ।

 

सशस्त्र प्रहरीको टोलीले वीरगंज भन्सार कार्यालयसँग समन्वयमा छापामारी बरामद सामग्रीलाई आवश्यक कानूनी कारबाईका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

सामानको प्रारम्भिक मूल्याङ्कन अनुसार बरामद कपडा र हार्डवेयरका सामग्रीहरूको कुल मूल्य ५० लाख ९३ हजार ७ सय रुपियाँँ बराबर रहेको छ । सशस्त्र प्रहरीका अधिकारीहरूले सीमा क्षेत्रमा हुने अवैध तस्करी रोक्न निरन्तर निगरानी र विशेष सूचना सङ्कलनमा आफूहरू सक्रिय रहेको बताएका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -