सहारा दैनिक

spot_img
Homeसमाचारसाहिब दरबारद्वारा कम्बल वितरण

साहिब दरबारद्वारा कम्बल वितरण

वीरगंज, ०९ माघ । साहिब दरबार वीरगंज नेपाल एवं वीरगंज महानगरपालिकाको समन्वयमा बुधवार विभिन्न वडाका गरिब, एकल महिला, र ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण गरिएको छ । जाडो मौसममा चिसोबाट प्रभावित विपन्न समुदायलाई सहयोग पुर्याउने उद्देश्यले महानगरपालिकाले कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो । साहिब दरवार वीरगंजका अध्यक्ष उमेशलाल सहनीका अनुसार वीरगंज वडा नम्बर १९ बिन्दवासिनी र बरवा गाउँँमा १७६ जनालाई तथा वीरगंज वडा नम्बर १६ नगवामा २ सय जनालाई कम्बल वितरण गरिएको छ । कुल ३७६ जनाले न्यानो कम्बल बितरण गरिएको कार्यक्रममा साहिब दरबार वीरगंजकी अभिभावक अन्नपूर्णा मानन्धर, संगिता दास, सुरज गुप्ता, बरकतुन नेशा, हफिज मियाँँ, वीरगंज वडा नम्बर १९ का वडा सदस्य उपेन्द्र यादव र विनोद चौरसिया, वीरगंज वडा नम्बर १६ का वडा सदस्य लवंगी देवीलगायतको उपस्थिति थियो।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -