सहारा दैनिक

spot_img
Homeसमाचारबसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

तनहुँ, ६ माघ/रासस
पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बसका सहचालक पोखरा उपमहानगरपालिका–२८ बस्ने बर्ष २६ का संजीव महरा रहेका छन् ।  बसको ढोकाबाट खसेर सख्त घाइते महराको दमौली अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
बा ४ ख ५८०१ नम्बरको बस बाग्लुङको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । बसका चालक जिल्ला चितवन भरतपुर नगरपालिका–२४ बस्ने बर्ष ३९ का सानु कान्छा मुक्तान र बस इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -