काठमाडौं, ६ माघ/रासस
नेपाल–चीन–भारतको त्रिदेशीय पर्यटन प्रवद्र्धनको रणनीति बनाउन भारतको नयाँदिल्लीमा सरोकारवालाबीच छलफल भएको छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा आयोजना हुने ‘नेपाल–इन्डिया–चाइना’ एक्स्पो (नाइस) कार्यक्रमका लागि भारतमा सहकार्य तथा साझेदारीलाई सुदृढ बनाउन भारतका व्यवसायीसँग छलफल गरिएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज विज्ञप्तिमार्पत जनाएको छ ।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र भारतका लागि नाइस सद्भावनादूत उपल मजुमदारले यही माघ २ गतेदेखि ४ सम्म नयाँदिल्लीमा भारतका प्रतिष्ठित पर्यटन संस्थाका प्रतिनिधिसँग नाइसलाई प्रभावकारी बनाउनेवारे छलफल गरेका थियो ।
छलफलमा प्रतिष्ठित पर्यटन व्यवसायी ग्रिश बिन्द्रा, ट्राभल एजेन्ट्स एशोसिएसन अफ इन्डिया उत्तरी क्षेत्रका अध्यक्ष नीरज मलहोत्रा, पाटा इन्डियाका कार्यकारी निर्देशक रूनिप साङघा र प्रबन्धक पुनम राजपूत, ग्लोबल एशोसिएसन अफ इभेन्ट्स एण्ड हस्पिटालिटी प्रोफेसनल्सका अध्यक्ष राजेश आर्या र महासचिव प्रणव बन्सल, इन्डिया कन्भेन्सन प्रमोशन ब्यूरोका उपाध्यक्ष चन्दर मान्शारामानी र कार्यकारी निर्देशक अनुज वाधवा, आउटबाउन्ड टुर अपरेटरस एशोसिएसन अफ इन्डियाका उपाध्यक्ष शर्वन भल्ला, अगोडाकी वरिष्ठ रणनीतिक प्रबन्धक दिविता यादवलगायत इभेन्ट्स एन्ड इनटरटेनमेन्ट म्यानेजमेन्ट एशोसिएसनकी कार्यकारी निर्देशक प्रिती खन्नासँग भेटघाट तथा सहकार्यका लागि छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ ।
गत डिसेम्बरमा चीनको प्रवद्र्धनात्मक भ्रमणपश्चात भारतमा गरिएको यस सहकार्यले नाइस कार्यक्रममा सहभागी हुने क्रेताहरू र बिक्रेताबीच सम्बन्ध बिस्तार तथा पर्यटन व्यापार आदानप्रदानको खोज, स्थापना र विस्तारका गर्न प्रस्तुत कार्यक्रम एक महŒवपूर्ण मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत बुडालले बताउनुभयो । भारतमा अवस्थित सबै सम्मानित व्यक्तित्वहरू एवं संघसंस्थाले क्षेत्रीय पर्यटनको प्रवद्र्धन, वृद्धि र सीमापार सहकार्यलाई बढावा दिने नेपालको पहललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।
क्षेत्रीय पर्यटन प्रवद्र्धनवारे नयाँदिल्लीमा छलफल
Facebook Comments Box