सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारगढीमाई मन्दिरमा तोडफोड, मेयर यादवविरुद्ध प्रदर्शन

गढीमाई मन्दिरमा तोडफोड, मेयर यादवविरुद्ध प्रदर्शन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ४ माघ ।
बारा जिल्लाको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई शुक्रवार बिहानैदेखि तनावग्रस्त बनेको थियो ।
बिहीवार राति स्थानीय बालबालिकाले मन्दिरको छतबाट परेवा समातेका थिए । उनीहरूमाथि नगर प्रहरीले लठ्ठीले कुटपिट गरेको थियो । सोही विवाद उग्ररूप लिएपछि शुक्रवार बिहान वार्ताका लागि मन्दिर परिसरमा स्थानीयहरू भेलासमेत भएको थियो । मतभेद बढदै गएपछि नगरप्रहरी र स्थानीयबीच दोहोरो झडप भएको प्रहरीले जानकारी दिएको छ।
आक्रोशित स्थानीयले मन्दिरको विभिन्न संरचना, दानपेटीका लगायतमा तोडफोड गर्दै नगरप्रहरीमाथि नै जाइलागेका थिए ।
आक्रोसित स्थानीयले गढीमाई मेला मूल समितिको कार्यालय अगाडी प्रदर्शन गर्दै नगरप्रमुख उपेन्द्र यादवलाई घेराबन्दी गरेको थियो । घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बारा तथा सशस्त्र प्रहरीले बाक्लो सङख्यामा प्रहरी टोली परिचालन गरेको डिएसपी प्रकाश सापकोटाले जनाएका छन् ।
नगरप्रमुख यादवले सुनियोचित ढंगले घटना घटेको बताएका छन् । उनले आफूविरूद्ध राजनैतिक तरिकाले आक्रमण गर्न खोजिएको भन्दै त्यस्तो नगर्न अनुरोध गरे ।
उनले घटनाको वास्तविक पत्ता लगाउन वार्तामा आउन सम्बन्धीत पक्षसँग अनुरोध गरेका छन् । गढीमाई मन्दिरमा तोडफोड गर्ने, धार्मिक स्थलमाथि राजनीति गर्न खोज्ने विषय सह्य नहुने बताए । दोषीलाई कडाभन्दा कडा कारबाई गरी मन्दिरमा तोडफोड गर्नेबाट क्षतिपूर्ति तिराउन प्रहरी प्रशासनसमक्ष माग गरे ।
स्थानीयका अनुसार, बिहीवार राति केही बालक र युवाले परेवा लुट्ने प्रयास गरेका थिए । यस क्रममा नगर प्रहरीसँग विवाद हुँदा प्रहरीले लठ्ठी प्रहार गरेको दाबी गरिएको छ।
मेयर यादवका अनुसार विगतमा मेलालाई लुट्ने प्रयास गर्ने व्यक्तिहरू यसपालिको पञ्वर्षीय मेलामा असफल भएपछि मेला र मन्दिरलाई विवादित बनाउन सक्रिय भएका छन । मेयर यादवले घटनामा संलग्न केही व्यक्तिहरूले शान्ति सुरक्षा भड्काउने प्रयास गरेको र मन्दिरजस्तो संवेदनशील स्थानमा तोडफोड गरेर लाखौंको सम्पत्ति क्षति गरेको आरोप लगाए। तोडफोडका क्रममा मन्दिरको त्रिशूल, घण्टी,पंखा, सिसी क्यामेरा लगायतका सामग्रीमा क्षति पुगेको र दान पेटिकामा रहेको रकमसमेत लुटिएको मेयर यादवले जानकारी गराए । मेयर यादवले घटनाका सबै प्रमाणहरू सिसी क्यामेरामा कैद भएकाले दोषी पहिचान भइसकेको बताए।
पत्रकार सम्मेलनमा मेयर यादवले वडा नं. १ वडा अध्यक्षा मनोज गुप्ता, मोतीलाल कुशवाहा, शिवचन्द्र कुशवाहा, सत्यनारायणलगायतका व्यक्तिहरूले घटनालाइ उचालेको आरोप लगाएका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -