सहारा दैनिक

spot_img
Homeसमाचारजनमत पार्टीद्वारा आँखाको चेकजाँच शिविर

जनमत पार्टीद्वारा आँखाको चेकजाँच शिविर

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ४ माघ ।
जनमत पार्टी पर्साले शुक्रवार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । लोककल्याणकारी अभियान अन्र्तगत आयोजना गरिएको शिविरमा १५० जनाको आँखाको चेकजाँच गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर ९ रानीघाटमा आयोजित शिविरमा चेकजाँच गराएकामध्ये २९ जनामा भने मोतियाबिन्दुको समस्या फेला परेको र उनीहरूको वीरगंज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी गराएका छन् ।
शिविरमा वीरगंज सामुदायिक आँखा केन्द्रकी मिखा श्रेष्ठ नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेका थिए । कार्यक्रममा जनमत पार्टीका नेताहरू रम्भा मिश्रा, संजय सरार्पm, लोकेश कर्ण, ब्रिजकिशोर कलवार, महादेव शर्मा, राजनारायण मिश्र, संजय सिंह, उदय यादव, सिकेन्द्र राम, साजन सिंह लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -