सहारा दैनिक

spot_img
Homeसमाचारविद्यार्थीद्वारा छाडा चौपाया नियन्त्रणको माग

विद्यार्थीद्वारा छाडा चौपाया नियन्त्रणको माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ४ माघ ।
वीरगंज स्कुल अफ लका विद्यार्थीहरूले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै छाडा चौपायाले दुर्घटनाको जोखिम बढाएको भन्दै नियन्त्रणको माग गरेका छन् ।
वीरगंजको मुख्य सडक र गल्लीहरूमा खुल्लारूपमा चौपायाहरू हिडडुल गर्दा ट्राफिक जाम हुने, जनावरको आक्रमण हुने तथा चोटपटक लागेर घाइते हुने संभावना बढि रहेकोले ध्यानाकषर्णका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छाडा चौपाया नियन्त्रणको प्रयास गर्ने बताउनुभयो । उनले स्थानीय सरकारले छाडा चौपाया नियन्त्रण गर्नुपर्नेमा जोड दिंदै वीरगंजको नगर प्रमुखलाई पनि ज्ञापनपत्र बुझाउन सुझाव दिनु भयो ।
स्कूल अफ लमा कानून स्नातक तहमा अध्ययनरत नगीना राउत कुर्मी, मुकेश सह तेली, शीतल गुप्ता, अम्बिका कर्ण, रसीद अंसारी, अमृता शाह लगायतले ज्ञापनपत्र बुझाएका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -